खेलकुद

यू – १९ क्रिकेट विश्वकप : न्युजिल्याण्डले नेपाललाई दियो ३ सय ३ रनको लक्ष्य

By खबरहब

January 21, 2024

काठमाडौं- दक्षिण अफ्रिकामा जारी यू – १९ क्रिकेट विश्वकपमा न्युजिल्याण्डले नेपाललाई ३ सय ३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गर्दै न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै ३ सय २ रन बनाएको हो ।

न्युजिल्याण्डका लागि स्नेहित रेड्डीले अविजित १४७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै, कप्तान ओस्कार ज्याक्सन ७५ रन बनाएर आउट भए ।

त्यसैगरी, नेपाली बलर सुबास भण्डारीले ३ विकेट लिए भने गुलशन झाले २ विकेट तथा दिपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक एक विकेट लिएका थिए ।