फोटो फिचर

सेतो मच्छिन्द्रनाथको प्रतिमामा धमाधम रंगरोगन (फोटोहरु)

By खबरहब

January 21, 2024

कठमाडौं- सेतो मच्छिन्द्रनाथको प्रतिमामा धमाधम रंगरोगन गर्न थालिएको छ । राजधानीको जनबहालमा रहेको सेतो मच्छिन्द्रनाथको प्रतिमामा रंगरोगन गरिएको हो ।

पोंहेलाथ्व अष्टमी अर्थात् पुस शुक्ल अष्टमी तिथिको दिन महास्नान गराएपछि मेटिएको रंग पुनस्र्थापना गर्नका लागि रंगरोगन गरिएको हो ।

रंगरोगनको प्रक्रिया आगामी पूर्णिमासम्म चल्ने परम्परा छ ।