बलिउड/हलिउड

जेलबाट सुकेशले ज्याकलिनलाई लेखेको चिठीमा के छ ?

By खबरहब

February 21, 2024

काठमाडौं- पछिल्लो समय कुख्यात ठगको पहिचान बनाएका सुकेश चन्द्रशेखरले भ्यालेन्टाइन डेमा नायिका ज्याकलिन फर्नान्डिजलाई पठाएको प्रेमपत्र सार्वजनिक भएको छ । यो पत्रले चर्चा पाउनुको प्रमुख कारण हो- सुकेशले जेलबाटै पठाउनु ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सुकेश चन्द्रशेखर जेलमा छन् । उनीसँग कुनै समय प्रेम सम्बन्धमा बसेका कारण अहिले ज्याकलिनले विभिन्न तनाव भोग्नु परेको छ । सोहीकारण उनी प्रहरीसमक्ष बयानका लागि पनि धाउनु परेको थियो ।

पछिल्लो समय सुकेशले पठाएको प्रेमपत्रका कारण ज्याकलिन तनावमा रहेको भारतीय मिडियाहरुले जनाएका छन् । सो पत्र उनले ज्याकलिनलाई प्रेम गर्छु भनेर प्रमाणित गर्न र भ्यालेन्टाइनको शुभकामना दिन पठाएको देखिन्छ ।

करिब चार पृष्ठको पत्रमा सुकेशले ज्याकलिनलाई ‘बोम्मा’ भनेर भ्यालेन्टाइन डेको शुभकामना दिएका छन् । साथै उनले आफू ज्याकलिनको पागल प्रेमी भएको समेत दाबी गरेका छन् ।

सो पत्रमा उनले भ्यालेन्टाइन सप्ताहको पहिलो दिनदेखि नै ज्याकलिनलाई सम्झना गरेको लेखका छन् । उनले बुँदागत रुपमा लेखेको पत्रको नेपाली अनुवाद-