जीवनशैली

कस्ता मान्छेले नङ टोक्ने गर्छन् ?

By खबरहब

February 21, 2024

काठमाडौँ– नङले बाहिरी प्रभाव तथा संक्रमणहरुबाट औँलालाई बचाउने काम गर्छ । नियमित रूपमा बढ्ने नङ हरेक साता जसो काट्न योग्य हुन्छन् । तर कतिपय मानिस भने नङलाई टोकेर नै घटाउने गर्दछन् । यति सम्मकी नङ टोकिरहँदा छालासम्म नै टोकिएर घाउ भएर रगत बग्ने गरेको समेत पाइन्छ ।

नङ टोक्नुको मनोवैज्ञानिक कारण – मनोवैज्ञानिकका अनुसार धेरै चिन्तन गर्ने वा चिन्तामा रहने मानिसले नङ टोक्ने गर्दछन् । – पट्यारलाग्दो अवस्था वा मानसिक रूपमा दिक्दारी महसुस हुँदा पनि नङ टोक्न पुग्दछन् । – सानैदेखि नङ टोक्ने बानी परेकाले पछिसम्म नङ टोकिरहन्छन् । – ठूला समस्या वा डरमासमेत समाधानको बाटो खोज्ने क्रममा मानिसले नङ टोक्छन् । – रिसलाई नियन्त्रणमा ल्याउन पनि मानिस नङ टोकेर शान्त बन्दछन् । – नङ चपाउनुको पछाडि मानिसमा भएको अतिवादी सोच, महत्वकाङ्क्षा र हीन भावना रहने गरेको मनोवैज्ञानिकहरूको ठहर छ । – काम नहुँदा वा मनोवैज्ञानिक रूपमा सबल नहुँदा पनि मानिस नङ टोक्ने गर्दछन् ।

नङ टोक्नु स्वास्थ्यका लागि कति हानिकारक ? – नङ टोक्ने मानिसलाई पारोनाइसिया नामक छालाको सङ्क्रमण हुन सक्छ । जसले नङ वरपरको छालाको कोषिकामा असर गर्छ । – नङ टोक्दा नङमा भएको फोहर मुख हुँदै आन्द्रामा जाने गर्छ त्यसले आन्द्रामा असर गर्छ। – हैजा–पखालाजस्ता सङ्क्रमण फैल्याउने इकोलाइ भाइरस नङबाट सर्न सक्ने सम्भावना हुन्छ । – नङमा भएको फोहोरका कारण पेटमा जुका पर्न सक्ने सम्भावना रहन्छ । – अत्यधिक नङ टोक्नेहरूमा पेपिलोमा भाइरस अथवा एचपीभीका कारण सङ्क्रमण फैलिने डर बढी हुन्छ, जसले गर्दा नङ र मुखमा गाँठा बन्छन् । – नङ पोलिस लगाएर नङ टोक्दा पोलिसमा भएको केमिकल शरीरभित्र गएर विभिन्न समस्या आउन सक्छन् । – धेरै नङ टोक्नेहरूमा श्वास गन्हाउने समस्या पनि हुन्छ । – नङ टोक्ने मानिसको नङको स्वरूप फेरिन सक्छ । नङ बाङ्गिने हुन सक्छ । – नङ टोक्दा नङ नजिकैको छाला बारम्बार उप्किरहन्छ । जसले गर्दा रक्तस्राव हुन्छ ।