ब्रेकिङ स्टोरी

एमाले केन्द्रीय कमिटी बैठकमा आज चार कार्ययोजनामा समूहगत छलफल हुँदै

By खबरहब

February 21, 2024

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुने बैठकमा चारवटा कार्ययोजनामाथि समूहगत छलफल हुनेछ ।

हिजो पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा चारवटा कार्ययोजना पेस भएका थिए । ती कार्ययोजनामाथि छलफल गर्न ९ वटा समूह बनाइएको छ ।

पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह तथा उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरूको एउटा संयुक्त गरी ९ वटा समूह बनाइएको छ ।

जारी बैठकमा सांगठनिक कामको समीक्षा, शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएको समस्या र समाधानको उपाय, जनपरिचालनसहित समसमयिक राजनीतिक प्रस्तावबारे छलफल हुनेछ ।

समूहगत छलफलपछि बैठकमा प्रस्तुत गरेपछि नेतृत्वले त्यसलाई सम्बोधन गर्नेछ ।

हिजो बैठकको उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्थाका बारेमा मन्तव्य राखेका थिए ।