आर्थिक

टेकु अस्पतालमा हिमालयन बैंकको नगद काउन्टर संचालनमा

By खबरहब

February 21, 2024

काठमाडौं– हिमालयन बैंक लिमिटेडले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आजदेखि नगद संकलन काउन्टर संचालनमा ल्याएको छ ।

अस्पतालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसँग नगद संकलन गर्ने सम्झौता गरेको हो ।

बैंकले अस्पतालमा उक्त सेवा सार्वजनिक बिदाका दिनमा समेत गरी २४ सै घण्टा प्रदान  गर्ने जनाएको छ । सो काउन्टरमा क्यू आर मार्फत पनि भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

बैंकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार/आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्ने छ ।

नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मी र अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरेका छन् ।

सो समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।