समाचार

हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील र तमलोपाबीच सहकार्य

By खबरहब

February 21, 2024

काठमाडौँ– हृदयेश त्रिपाठीको नेतृत्त्वको जनता प्रगतिशील पार्टी नेपाल र वृशेषचन्द्र लाल अध्यक्ष रहेको तराई–मधेस लोकतान्त्रिक पार्टीबीच सहकार्य गर्ने विषयमा ५ बुँदे सहमति भएको छ ।

आज भएको सहमतिको पाँच बुँदामा ‘नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न,  तराई–मधेसका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्ने, विद्यमान सबै प्रकारका विभेदको अन्त्य गर्ने, निरन्तर बिग्रदो अर्थतन्त्रमा सुधार तथा देशको कृषि उत्पादनमा वृद्धि र किसानको हितमा क्रियाशील रहन र लाल आयोगको प्रतिवेदन सार्वजनीकरण तथा कार्यान्वयन गराउन’ उल्लेख गरिएको छ ।

उक्त विषयमा सहमत हुन सक्ने लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायतका दलहरुलाई पनि सहकार्यको लागि अनुरोध गरिएको छ ।

लाल नेतृत्वको तमलोपा महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टीबाट अलग भएर गठन भएको थियाे ।