समाचार

आगामी निर्वाचनमा कांग्रेस सुभेच्छुकले रुखमा भोट हाल्ने वातावरण बनाउँछौँ : चन्द्र भण्डारी

By खबरहब

February 21, 2024

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कार्यकर्तामा कांग्रेसमा भोट हाल्न नपाएको गुनासो आगामी निर्वाचनमा सम्बोधन हुने बताएका छन् । 

नेपाली कांग्रेसको महासमिति बैठकमा खबरहबसँग कुरा गर्दै उनले स्पष्ट रूपमा पार्टी निर्वाचनमा भाग लिँदा लिँदै पनि निर्वाचनमा पार्टीको चुनाव चिह्नमा भोट हाल्न नपाएको र अर्को चुनाव चिह्नमा भोट हाल्नु परेको कारण तल्लो तहका कार्यकर्तामा चरम निराशा देखिएकोले आगामी दिनमा यो कुराको सम्बोधन हुने बताए ।

उनले भने, ‘महासमिति बैठकमा आएका साथीहरू र महामन्त्री द्वयको प्रतिवेदनले कांग्रेस प्रति जनताको चरम निराशा भएको बताएको छ । पार्टी सही दिशामा हिन्न नसकेको साँचो हो । यो महाधिवेशन पछि पार्टीले नयाँ जग बसाल्छ । आगामी निर्वाचनमा कांग्रेस शुभेच्छुकले रुखमै भोट हाल्ने वातावरण हामी बसाउँछौँ ।’