समाचार

एमाले केन्द्रीय कमिटी बैठक, प्रतिवेदनमाथि समूहगत छलफल 

By खबरहब

February 21, 2024

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अहिले प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबारदेखि जारी बैठकमा बुधबार विभिन्न नेताद्वारा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको हो । 

मंगलबारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक विश्लेषण, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धीकरण तथा सुदृढीकरण, उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरूलाई समाधान गर्ने र समायानुकूल पार्टी निर्माण गर्ने, महासचिव शंकर पोखरेलले संगठनात्मक कामको समीक्षा र उपमहासचिव प्रदीप ज्ञवालीले जनसरोकार र जनदबाबको खाका समेटिएको कार्ययोजनासहित पेस गरिएको प्रतिवेदनमाथि नौवटा समूह बनाएर छलफल भइरहेको छ ।