समाचार

शिखर सम्मेलनबारे प्रधानमन्त्री र मुख्यमन्त्री चौधरीबीच छलफल

By खबरहब

February 21, 2024

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच शिष्टाचार भेटवार्ता भएको छ । 

काठमाडौँमा भएको भेटवार्तामा प्रधानमन्त्रीले प्रदेश सभामा सम्बोधन गर्ने र लुम्बिनीमा हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भएको थियो ।

‘प्रधानमन्त्री ज्युसंग लुम्बिनीमा फागुन २८ र २९ गते हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भयो,’ मुख्यमन्त्री चौधरीले भने, ‘सम्मेलनको विषयमा प्रदेश  सरकारले गरेको अहिलेसम्मको तयारी तथा अवस्थाको बारेमा जाननकारी गराएको छु । सो अवसरमा प्रधानमन्त्री लुम्बिनीको स्थानी राजधानी क्षेत्रमा आउने विषयमा समेत छलफल भएको छ ।’