प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानी निर्वाचनमा अनियमितता भएकोबारे छानबिन गर्न राष्ट्रसंघीय महासचिव गुटरेजको आग्रह

By खबरहब

February 21, 2024

इस्लामावाद- पाकिस्तानमा सम्पन्न निर्वाचनमा भएको भनिएको अनियमितताबारे वैधानिक हिसाबमा स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले आग्रह गरेका छन् ।

राष्ट्रसंघीय मुख्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा महासचिव गुटरेजका प्रवक्ता स्टेफान डुजारिचले निर्वाचनमा भएका विवादको शान्तिपूर्ण समाधान निकालिनुपर्नेमा जोड दिएका छन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार उनले त्यहाँका राजनीतिक दलका नेताहरुलाई मुलुकमा शान्ति कायम गर्न आग्रह गर्दै कुनै पनि किसिमको हिंसा वा तनाव बढाउने गतिविधिमा संलग्न नहुन पनि आह्वान गरेका छन् ।

डुजारिचले पाकिस्तानमा विकसित घटनाक्रमबारे महासचिव गुटेरेजले चासोपूर्वक जानकारी लिइरहेको पनि स्पष्ट पारे । पाकिस्तानमा गत फेब्रुअरी ८ मा निर्वाचन सम्पन्न भएपनि नयाँ सरकार गठनबारे अझै टुङ्गो लाग्न सकेको छैन ।