फाइल फोटो

आर्थिक

प्रि–ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से

By खबरहब

March 21, 2024

काठमाडौँ– आज प्रि–ओपन सेसनमा नेप्से सूचक साढे १ अंकले बढ्यो । साताको अन्तिम कारोबार दिन आज प्रि–ओपन सेसनमा १.५६ अंकले बढेर २०६५.५१ को विन्दुमा पुग्यो।

सेसन अवधिमा ३७ कम्पनीको ३ हजार ६८६ कित्ता किनबेच हुँदा २७ लाख २५ हजार २८९ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा २२ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको मूल्य घट्यो भने ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो।