मनोरञ्जन

३१ दिनमा सकियो ‘मोदीबेनी’को छायांकन, वर्षा र प्रवीणले दिए अन्तिम शट

By खबरहब

March 21, 2024

काठमाडौं– चलचित्र ‘मोदीबेनी’को पूरा छायांकन सकिएको छ । छायांकनको ३१औं दिनमा बुधबार पर्वतको फलेवासमा कलाकारहरू वर्षा सिवाकोटी र प्रवीण खतिवडाले अन्तिम शट दिँदै छायाकंन सकाएका हुन् । 

यस चलचित्रको छायांकन काभ्रे र पर्वतमा भएको निर्माण पक्षले जनाएको छ । करिब ४५ वर्ष पहिले र हालको परिस्थितिलाई मिश्रण गरी बनाइएको यो चलचित्रले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा बोकेको छ । 

अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले यस चलचित्रबाट डेब्यु गरेका छन् भने अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गरेकी छन् । 

चलचित्रमा अमर प्रताप श्रेष्ठ, वर्षा सिवाकोटी, प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याललगायतको अभिनय रहेको छ । 

शङ्कर कोइरालाको डेब्यु निर्देशन रहेको यो फिल्मका लेखक बिक्रम क्षेत्री हुन् । त्यस्तै, फिल्मको निर्माता दिलीप केसी र सह-निर्माता हरि श्रेष्ठ हुन् ।