तस्बिर : एएफपी

अन्तर्राष्ट्रिय

माल्दिभ्स संसदीय चुनावमा मतदान सुरु

By खबरहब

April 21, 2024

कोलम्बो– माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार बिहान देशभर र विदेशका मतदान केन्द्रहरू खोलिएपछि सुरु भएको छ ।

संसद्को ९३ सिटका लागि ती सय ६८ उम्मेदवार प्रतिस्पर्धामा रहेको र  तीमध्ये ४२ महिला उम्मेदवार रहेका छन् । यस निर्वाचनका लागि दुई लाख ८० हजारभन्दा बढी मतदाता योग्य रहेका छन् ।

माल्दिभ्सले निर्वाचन क्षेत्रमा छ सय दुई मतदान केन्द्र स्थापना गरेको छ । तीमध्ये तीनवटा विदेशमा श्रीलंकाको कोलम्बो, भारतको त्रिवेन्द्रम र मलेसियाको क्वालालम्पुरमा रहेका छन् ।

स्थानीय समयानुसार बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ः३० बजेसम्म चल्नेछ ।