समाचार

बुढीगण्डकी नदी आसपासमा सतर्कता अपनाउन आग्रह

By खबरहब

April 21, 2024

गोरखा– जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु हिमालमा हिम पहिरो गएपछि बुढीगण्डकी नदी किनार र आसपासका क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरेको छ । 

गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्वारा आज जारी सूचनामा २४ घण्टासम्म नदीमा पानीको वहावको जोखिम कायम रहनसक्ने देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको हो ।

चुमनुब्री गाउँपालिकाको वडा नम्बर १ को सामागाउँस्थित मनास्लु हिमालमा बिहान ९ बजेको आसपासमा हिम पहिरो वीरेन्द्र तालमा झरेको थियो । त्यसपछि ताल फुटेपछि नदीमा पानीको वहाव बढेको थियो । 

नदीमा पानीको वहाव बढेपछि चुमनुब्री गाउँपालिका विभिन्न स्थानसहित धार्चे गाउँपालिकाको तातोपानी, माछीखोला बजार, आरुघाट गाउँपालिकाको सोती बजार, आरुघाट बजार,  भीमसेन थापा गाउँपालिका र गण्डकी गाउँपालिकाको केही क्षेत्रहरु बाढीको जोखिम बढेको हो ।