समाचार

८४ को निर्वाचनमा मुख्य प्रतिस्पर्धी कांग्रेस हो : एमाले 

By खबरहब

April 21, 2024

काठमाडौं– नेकपा एमाले मोबाइल एप्लिकेसन मार्फत ०८४ को मुख्य प्रतिस्पर्धी को हो भनेर प्रश्न गरेको छ । 

आइतबार महाधिवेशन प्रतिनिधिको बैठकमा यस्तो प्रश्न गरेको हो । 

जसमध्ये २०० सय सदस्यीयले जवाफ दिएका थिए । उनिहरुमध्ये  १०० प्रतिशतले कांग्रेस मुख्य प्रतिस्पर्धी भएको जवाफ दिएको महासचिव शंकर पोखरेलले बताए ।

 पोखरेलले भने, ‘माओवादी काङ्ग्रेस रास्वपा मध्ये १०० प्रतिशत साथीहरूले कांग्रेस भन्नुभएको छ ।’

 २४ सय सदस्यमध्ये २ सयले मात्र अनलाइन प्रश्नमा सहभागी जनाएका थिए । 

नेटको समस्याका कारण सबैले सहभागिता जनाउन नपाएका हुन् ।