फाइल फोटो

समाचार

हिरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्ने एमालेको निर्णय 

By खबरहब

April 21, 2024

काठमाडौं-  नेकपा एमालेले हिरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति एवं पूर्व पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ । 

पार्टीको हिरक जयन्तीमा राष्ट्रिय गौरव पदकबाट भण्डारीलाई सम्मान गर्ने भएको हो । 

शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा प्रतिनिधि परिषद् सदस्यहरूले उनलाई सम्मान गर्ने  सहमति जनाएका हुन् । 

सो प्रस्ताव प्रस्ताव पार्टीका तर्फबाट परिषद् बैठकको अध्यक्षता गरेका पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका थिए ।

नेकपा एमालेले सोमबार पार्टी स्थापनाको ७५ औँ वर्षगाँठ मनाउँदै छ । सो अवसरमा राष्ट्रपति पदमा निर्वाचित भएर पनि अत्यन्त चुनौतीपूर्ण अवस्थामा उहाँले महत्त्वपूर्ण ढंगले भूमिका खेलेको भन्दै भण्डारीलाई सम्मान गरिएको एमालेको भनाइ छ ।