समाचार

एमाले प्रतिनिधि परिषदबाट ६ वटा प्रतिवेदन पारित

By खबरहब

April 21, 2024

काठमाडौं– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद बैठकबाट ६ वटा प्रतिवेदन पारित भएका छन् ।

बैठकको दोस्रो दिन आज प्रतिवेदनहरूमाथि समूहगत छलफल गरेर सुझावसहित सो प्रतिवेदनहरू पारित गरिएको हो । 

लतिलपुरको गोदावरीमा जारी बैठकको पहिलो दिन हिजो अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गरेका थिए । 

 हिजोको बैठकबाट राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको प्रतिवेदन, सल्लाहकार परिषद्को प्रतिवेदन, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो ।