राजनीति

पार्टीलाई निर्णायक विन्दुमा पुर्‍याउन आवश्यक छ : उपाध्यक्ष पोखरेल

By खबरहब

April 21, 2024

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई निर्णायक विन्दुमा पुराउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन गर्दै पोखरेलले मुलुकलाई अघि बढाउनका लागि एमालेलाई बलियो बनाउँदै आगामी निर्वाचनमा राष्ट्रिय रूपमा निर्णायक विन्दुमा पुराउनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

संगठन सुदृढ नभए पार्टी कमजोर हुने भएकाले एमालेलाई बिचार, संगठन, नेतृत्वमा बलियो बनाउनुपर्ने उनले बताए ।

पोखरेलले बैठकले गरेको निर्णयहरूका आधारमा राष्ट्रिय शक्तिलाई सुदृढ गर्नुपर्ने बताए । उनले एमालेरुपी राष्ट्रिय शक्ति बनाउन सबै नेता कार्यकर्ताका साथै सिगाें पार्टीपङ्ती लाग्नुपर्ने धारणा राखे ।

कार्यक्रममा रामप्रित पासवान, पृथ्वी चन्द चौधरी लगाएत एमाले प्रवेश गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले बैठकको अध्यक्षता गर्दै बैठक समापन गरेका हुन् ।

दुई दिनसम्म चलेको बैठकमा करिब दुई हजार पाँच सय सहभागी रहेका थिए ।