समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणको रिटको सुनवाई ‘हेर्दाहेर्दै’ मा

By खबरहब

April 21, 2024

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटको सुनुवाई सर्वोच्च अदालतमा आज ‘हेर्दाहेर्दै’ मा सकिएको छ ।  यस प्रकरणमा हाल थुनामा रहेका  १० प्रतिवादीले दायर गरेको रिटको आजको सुनवाई हेर्दा हेर्दैमा सकिएको हो ।

आजको पेसी न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाई भएको थियो ।  यो रिट आजसहित १०औँपटक हेर्दाहेर्दैमा परेको छ । 

तत्कालीन गृहसचिव टेक नारायण पाण्डेसहित थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोप र पुर्पक्षका लागि थुनामा पठाउने आदेशका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालतसहितलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।