खेलकुद

भोजपुर गोल्डकप : आर्मीसँग जर्जियन फुटबल क्लब स्तब्ध

By खबरहब

April 21, 2024

भोजपुर– भोजपुर सदरमुकाममा आइतबार सुरु भएको सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी फुटवल क्लब विजयी भएको छ ।

आर्मीले जर्जियन फुटबल क्लबलाई ४-० गोलअन्तरले स्तब्ध बनाएको हो ।

खेल सुरु भएको सातौँ मिनेटमा आर्मीका वसन्त जिम्बाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए ।

यस्तै खेलको ३४ औँ मिनेटमा सुरज बस्नेतले दोस्रो गोल गरे । यस्तै खेलको ५३ औँ मिनेटमा नरेन्द्र राईले गोल गरे ।

खेलको ७५ औँ मिनेटमा पदम तामाङले गोल गर्दै टिमलाई फराकिलो जित दिलाउन सफल भए।

खेलमा म्यानअफ द म्याच वसन्त जिम्बा घोषित भएका छन् ।

नवनिर्मित भोजपुर रंगशालामा सुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका २ क्लबसहित आठ टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताका विजेता र उपविजेताले उपाधि र ट्रफीसहित ५ लाख र ३ लाख पाउने जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले बताए ।