समाचार

बिरामी ओली पार्टीको हिरक महोत्सवमा उपस्थित हुने 

By खबरहब

April 21, 2024

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीको हिरक महोत्सवमा सहभागी हुने भएका छन् । एमालेले सोमबार पार्टी स्थापनका  ७५ वर्ष पुगेकामा हीरक महोत्सव मनाउँदै छ ।

एमाले अध्यक्ष ओली अस्वस्थ छन् । यद्यपि भोलिको कार्यक्रममा उनी उपस्थित हुने एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनाए ।

आज ललितपुरको गोदावरी जारी एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुने क्रममा अस्वस्थ भएपछि ओली बाहिरिएका थिए ।

पार्टीका महासचिव शंकर पोखरेलका अनुसार ओली रुघाखोकीका कारण अस्वस्थ छन् ।