वर्तमान प्रमुख सत्ता साझेदार दल नेकपा ९एमाले० को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ । १०औं महाधिवेशन पछिको यो पहिलो बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको सम्बोधन तथा विभिन्न तहका नेताबाट पेश प्रतिवेदन नियाल्दा एमाले कम्तिमा तत्कालै वाम एकताको पक्षमा देखिँदैन । एमालेले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले बोकेका समाजवादी ध्रुवीकरणको एजेन्डालाई पनि खारेज गरिदिएको छ । बैठक चल्दै गर्दा एमालेका प्रतिनिधिहरूले धेरै प्रश्न र आलोचना राखेका छन् । राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले एमालेलाई उसैका नेता÷कार्यकर्ताहरूले दाबी गरेजस्तो बलियो वामपन्थी शक्ति बनाउला त रु यिनै विषयमा केन्द्रित रही एमालेका नेता शेरबहादुर तामाङसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :
अहिले नेकपा (एमाले) को राजनीतिक धरातल गुट–उपगुटमा चलिराखेको छ, तर भविष्य चाहिँ ठीकै छ भन्ने निष्कर्ष हो रु एमालेको केन्द्रमा खासगरी १० औँ महाधिवेशन यता कुनै औपचारिक खालको गुट छैन । नेता र नेतृत्व ‘एक मन एकता’का साथै हिँड्नुभएको छ । पार्टी नेता र नेतृत्वका पछिल्लो अभिव्यक्तिहरू विश्लेषण गर्दा नेतृत्व र नीति सवालमा हामीमा द्विविधा छैन । हामी पनि त्यही लयमा हिँडिरहेका छौँ । यद्यपि स्थानीय अधिवेशनहरू चलिरहेको छ । त्यसमा अमुक नेताहरूको नाम जोडेर ‘म फलानोको उम्मेदवार’ भनेर कतिपय ठाउँमा पार्टी अध्यक्षलाई समेत जोडेर तल चुनाव लड्ने खालको परिपाटी जन्मिन थालेको छ ।
अनुशासन आयोगको अध्यक्ष केशव बडालले पेश गरेको प्रतिवेदनमा त तल्लो तहसम्म गुट हाबी भएको भन्ने छ नि ? तल्लो तहमा आफू निर्वाचित हुन नेताको नाम प्रयोग गर्ने खालको परिपाटी देखा परेकोले तल–तल गुट झाँगिँदै गएको हो कि जस्तो भएको छ । त्यसैले त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर हामी यो बैठकमा छलफल गर्नेछौँ । एउटाले एउटा नेताको आशीर्वाद पायो भने अर्कोले अर्को नेताको आशीर्वाद खोज्ने भयो । त्यसो हुँदा एउटाले पार्टी ‘अध्यक्षको मान्छे फलानो भन्यो’ भने अर्कोले ‘म पार्टी अध्यक्षको हुन सकिनँ’ भन्ने नै भयो ।
त्यसैले अध्यक्षलाई नै तल कार्यकर्ताले विभाजन गर्ने विषय चिन्ताजनक छ । त्यसलाई पनि यो बैठकमा कसरी कम गर्न सकिन्छ रु गुटबन्दीलाई कसरी अन्त्य गर्न सकिन्छ रु माथि नेतृत्व र नीतिको सवालमा कुनै द्विविधा छैन भने तल अमुक नेताको नाम जोडेर किन विभाजित हुन्छौँ रु यी मामिलामा बैठकमा छलफल गरिरहेका छौं ।
केपी ओलीको नाम जोडेर ‘म उहाँको आशीर्वाद पाएको मान्छे हुँ’ भनेर लड्ने प्रवृत्ति देखापर्यो । सबै केपी औलीकै उम्मेदवार हो नि १ फलानो अध्यक्ष मेरो मात्रै हो भन्ने प्रवृत्तिको कारणले कतिपय जिल्लामा समस्या देखिएको हो । माथि केन्द्रमा यस्तो केही छैन । तल मान्छेले पार्टीमा आफू स्थापित हुन गर्ने यो हर्कतलाई अन्त्य गर्नुपर्छ भन्ने अहिलेको बैठकको मूल दृष्ट्रिकोण हो ।
‘अब नेकपा एकीकृत समाजवादी वा माओवादीसँगा पार्टी एकताको सम्भावनाहरू सकिए, अब हामी एक्लै ठूलो पार्टी बनेर हिँड्छौँ’ भन्ने निष्कर्षमा पुगेको हो एमाले ? अहिले मूलतः हामी सरकारमा सँगै छौँ । तर अन्य वामपार्टीहरूमा जुन बेला बेलामा अवसरवादीता प्रकट हुन्छ । त्यो अवसरको लागि मात्रै आफ्ना गतिविधिहरू बढाउने, आफ्ना दृष्ट्रिकोणहरू सार्वजनिक गर्ने र अवसरको लागि जे पनि गर्ने खालको प्रवृत्ति जुन देखा पर्यो – यसले दक्षिणपन्थी क्षमालाई प्रश्रय दिएजस्तो स्थिति देखापर्यो ।
अहिले हामीले मेहनत/पहल त गर्यौँ । जसकारण मूलतः वामपार्टीहरू बढी भएको सरकार बन्यो । यो सरकारलाई हरसम्भव टिकाएर, पूर्ण कार्यकाल काम गराएर केही न केही नतिजा दिऊँ भन्ने प्रयास गरिरहेको छौँ । त्यसकारण वर्तमान सरकारलाई हाम्रो पूर्ण समर्थन छ ।
यद्यपि पार्टी एकीकरणको सवालमा उहाँहरूमा रहेका कतिपय अवसरवादी प्रवृतिहरू, सङ्कीर्ण सोचहरू अन्त्य हुन जरुरी छ । ती चिजहरू अन्त्य भयो भने एकता हुनसक्छ । तर अहिले यो अवस्था सम्भव छैन ।
सुदूरपश्चिममा त को सङ्कीर्ण भयो र को उदार भयो भन्ने पनि प्रश्न उठ्ला, कोशीमा पनि त्यही भन्ने त ? हामीले हरसम्भव हाम्रो तर्फबाट उदार नै प्रस्तुत भइरहेको छौँ र त्यो कुरालाई अन्य दलहरूले पनि बुझ्न जरुरी छ । यदि बुझेनन् भने सरकार विघटन गरेर एमाले कुम्लोकुटो थन्क्याएर बस्दैन । उसले त आफ्नो पार्टी बनाउँछ ।
त्यसैले त हामी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक बसिरहेका छौँ । हाम्रो लक्ष्य २०८४ मा हुने निर्वाचनमा एक्लै बहुमत ल्याउने हो । सो चुनावमा एमालेले कसैको बैसाखी नटेकी एक्लै बहुमत ल्याउँछौँ भन्ने विश्वास छ । एमाले एकचोटि यो मुलुकमा बहुमत प्राप्त सरकार चलाउन चाहन्छ ।
मूलतः ‘समृद्ध नेपाल सुखी नेपाली’ हाम्रो लक्ष्य हो र यो लक्ष्य हामी पूरा गर्न चाहन्छौँ । त्यस कारणले मिल्न चाहने शक्ति जति लामवद्ध हुँदा केही फरक हुँदैन । तर अहिलेको अवस्थामा केही पार्टीमा देखिएका अवसरवादी प्रवृत्तिको कारणले हामी तत्काल पार्टी एकता नै गरेर जाने कुरामा केही अलमलमै छौं ।
गठबन्धनभित्रका बाँकी दलहरूको कांग्रेससँगमाथि विश्वास कमजोर भइसकेपछि एमालेमा विचार परिवर्तन भएको हो र रु हिजोका दिनमा त माधवकुमार नेपाललाई भेटेर ‘सँगै अघि बढौँ’ भनेको हो नि ?
एमालेले फाइदाको राजनीति गर्दैन । कोशीमा सरकार नै गठन नहुने परिस्थिति बन्दा कांग्रेसलाई भत्काउने वा कुनै पार्टीभित्र विभाजन हुनु राम्रो कुरा हैन भनेर आफ्नो दृष्ट्रिकोण सार्वजनिक गरेको थियौँ ।
त्यहाँ प्रदेशसभाको लागि मध्यावधिमा जाने खालको जुन परिस्थिति देखा परेको थियो – त्यसलाई टार्न हामीले सानो फिल्ड जोगाइदियौं । त्यसपछि त पात्रहरू जति खेले पनि खेल्न पाइयो नि १ फिल्ड नै भत्किन भएन । त्यसैले नयाँ चुनावमा जाने भन्दा कोशी प्रदेशसभा जोगिनुपर्छ भनेर केदार कार्कीलाई समर्थन गरेको हौँ ।
फेरि अस्थिरताकै कुरा आयो । ‘म राजीनामा दिन्न संविधानकै धारामा नुहाउँछु, बरु चुनाव मध्यावधिमा जान्छु’भन्दै कार्की अडान लिएर बसेका छन् नि ? मैदान नै रहँदैनथ्यो, त्यो हामीले बचाएका हौं । हामीले जति बेला पुष्पकमल दाहाललाई समर्थन ग¥यौं – त्यतिबेलै संघीय संसद्ं पनि नटिक्ने परिस्थिति थियो । अर्को ६ महिनाभित्र मध्यावधिमा जानुपर्ने स्थिति बनिसकेको थियो । त्यो स्थितिबाट जोगाउन कम्तिमा संसद्ं जोगाऊँ भनेर त्यसमा हामी लाग्यौँ । तर ‘मौकामा प्रहार गरौँ’ भन्ने खालको फोहोरी खेल एमालेले खेल्दैन ।
एमालेले एकीकृत समाजवादीको अस्तित्व किन नस्वीकारेको ? यो विषय बन्द भइसक्यो । किनभने उहाँहरूसँग हामी अहिले संयुक्त सरकारमा छौँ । त्यसैले त्यो स्वीकारेन भन्ने कुरा रहेन । हिजो केपीले उहाँहरूको माग अनुसार नेपालकोमा पुग्नुपर्छ भन्ने थियो, हामी पुग्यौँ । हामीले हरसम्भवः प्रयत्न गरेको हौँ । प्रयत्न गर्दा गर्दै उहाँहरू रिङभन्दा बाहिर उछिट्टिएर चन्द्रागिरि पुग्नुभयो । उहाँहरूको कुरा भयो । हामी रिङ बाहिर नहोस् भन्ने कुरामा निरन्तर सचेत छौँ ।
अब तपाईहरूको रिङभित्र कांग्रेस नजिक भयो, ऊसँगै सत्ता साझेदारी गरेर स्थायित्वको सन्देश दिन खोजिराख्नु भएको छ रे त १ माधव र पुष्पकमलहरू किन चाहियो ? नेपाली कांग्रेससँग निरन्तर राजनीतिक प्रतिस्पर्धा रहन्छ । विगतमा एमाले र कांग्रेस नमिलेको भन्ने छैन । मुलुकका कतिपय मुद्दाका सवालमा अहिले पनि धेरै राजनीतिक विषयहरू छन् । यसको लागि सबै राजनीतिक दलहरू एक ठाउँमा बस्न जरुरी छ । त्यसमा कांग्रेस र एमालेमात्रै होइन, अरु पनि सँगै बस्न जरुरी छ । जस्तो हामीले संक्रमणकालीन न्याय टुङ्ग्याएका छैनौँ । पीडितले न्याय पाएका छैनन् । सबै दल यस्ता विषयमा एक ठाउँमा बस्न जरुरी होला ।
संघीयताको सवालमा स्थानीय पालिकाको संख्या धेरै भयो । ७५३ पालिका बनाइयो । त्यो २५०/३०० को हाराहारीमा बनाउँदा पनि हुन्छ । हामीले साधारण खर्च धेरै बढ्यो, कम गराउने उपाय के हो रु यससम्बन्धी कतिपय दृष्ट्रिकोणहरूबारे छलफल गर्न जरुरी छ । आन्तरिक गार्हस्थ उत्पादन कम छ । विदेशीको अनुदान कुर्नुपर्ने अवस्था छ । यस्ता समस्याबाट पार पाउन राजनीतिक दलहरू सँगै बसेर नीति बनाएर अघि बढ्न जरुरी छ ।
माधवकुमार नेपालले ‘हामीलाई कमजोर ठानियो अपमान गरियो भने सत्ता समीकरणमा उथलपुथल ल्याइदिन्छौँ, हामीले सुदूरपश्चिममा झन्डै देखाइदिएका थियौँ, अब मधेश र बागमतीमा देखाइदिन्छौँ’ भन्नुभएको छ । तपाईंहरूले पनि राजनीतिक स्थायित्वको लागि अर्को विकल्प त सोच्नुपर्ला नि ? देख्न÷देखाउने त हामीले हिजै हेरिसकेको छौँ । जति भत्किनु भत्किसक्यो । अब भत्काउनु हुँदैन । एक थान मुख्यमन्त्रीको लागि या सत्ताको लागि एमालेले राजनीति गरेकै हैन । एमाले पार्टीभित्र रहेर, एमालेको पार्टी सदस्य रहेर, एमालेको चुनाव चिह्नमा चुनाव लडेर जितेका साथीहरू एमालेकै सरकार ढाल्न अन्य दलसँग मिलेर अदालतमा निवेदन हाल्न पनि पुग्नुभएकै हो ।
हीरक महोत्सव कम्युनिस्ट आन्दोलनको लागि सार्थक मञ्च बन्न सक्ला ? हामी त्यो परिकल्पना गर्छौँ । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा महोत्सव गर्दैछौं । त्यो मञ्चबाट मूलतः वाम लोकतान्त्रिक शक्तिहरूलाई वास्तवमा नेपालको कम्युनिस्ट पार्टी गठन हुनुको कारणले नै नेपालमा वामपन्थी र अन्य शक्तिहरूलाई समेत सहजता र राजनीतिमा राम्रो भएको सन्देश दिनेछौं । त्यसैले वाम लोकतान्त्रिक सबै शक्तिहरूलाई एउटा मञ्चमा राख्नुपर्छ भनेरै हामीले त्यो कार्यक्रममा नेपाली कांग्रेसको सभापतिलाई समेत निमन्त्रणा गरेका छौं ।
इलाममा हुन लागेको चुनावले पनि अहिलेको सत्ता समीकरणको भाग्य र भविष्य निर्धारण गर्छ ? एउटा निर्वाचन क्षेत्रको उपचुनावले सत्तामा कुनै फेरबदल र परिवर्तन हुँदैन । हामीले अहिले सरकारमा भएका दल सदस्य र मन्त्रीहरूको संवैधानिक/कानूनी हिसाबले नै अब गलत भएको कुरालाई गलत र सहीलाई सही नै भन्छौँ ।
रवि लामिछानेको सन्दर्भमा एमाले प्रष्टसँग बोल्न सकेन भन्ने आरोप छ नि ? उहाँको सन्दर्भमा अहिले सरकारकै अंगहरूले गर्ने छानबिनमा हामी विश्वास गर्छौँ । सरकार अविछिन्न उत्तराधिकारवाला संस्था हो र त्यो सरकारमा रहँदा जुनै व्यक्ति रहे पनि उसले सरकारका अंगलाई विश्वास गर्नैपर्छ ।
सरकारको अंगले काम गर्दैन मलाई विश्वास छैन । सरकारको शपथ खानेले ‘अर्को निकाय खडा गर्छु’ भनेर भन्न मिल्दैन । पीडितले न्याय पाउनुपर्छ । पीडकले उन्मुक्ति पाउने खालको कानूनको पक्षमा एमाले छैन ।