समाचार

जसपा नेपाल फुटविरुद्ध रिटको पेसी आज

By खबरहब

May 21, 2024

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटविरुद्ध सर्वोच्चमा दायर रिटको पेसी आजका लागि तोकिएको छ ।

यसअघि जेठ २ गते न्यायाधीश विनोद शर्माको इजलासले उक्त रिटमा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

शर्माको इजलासले जसपा फुटपछि नयाँ दल दर्ता भएको सम्बन्धमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिँदै जेठ ८ गते छलफलका लागि बोलाएको थियो ।

अध्यक्ष यादवले जसपा नेपाल विभाजन गरी अशोक राईले जनता समाजवादी पार्टी बनाएको र त्यसलाई निर्वाचन आयोगले मान्यता दिएकोविरूद्ध वैशाख ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

यस्तै, जनता समाजवादी पार्टीमा समाहित भएका सात सांसदहरुलाई पनि विपक्षी बनाइएको छ ।

गत वैशाख २३ गते जसपा नेपालबाट फुटेर राई पक्षले पार्टी विभाजन गरेपछि निर्वाचन आयोगले वैशाख २४ गते दल दर्ताको प्रमाणपत्र दिएको थियो ।