देश/प्रदेश

सभामुख र प्रमुख सचेतकहरुको बैठक जारी, संसद बैठक बस्न ढिलाइ

By खबरहब

May 21, 2024

काठमाडौं– सभामुख देवराज घिमिरे र राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुबीच छलफल भइरहेको छ ।

संसद भवन नयाँबानेश्वरमा जारी बैठकमा संसदमा जारी गतिरोध समाधानका विषयमा छलफल भइरहेको हो ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको भए पनि छलफल जारी रहेकाले अहिलेसम्म सुरु हुन सकेको छैन ।