फाइल फोटो

समाचार

योगेशको टिप्पणी- संसदीय छानबिन समिति माग गरेर कांग्रेस फस्यो

By खबरहब

May 21, 2024

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले सहकारी प्रकरणमाथि छानबिन गर्न संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै संसदीय समितिसँग  साधन स्रोत पनि नहुने बताउँदै कांग्रेसले यो माग गरेर फसेको बताएका छन् ।

उनले संसदीय समिति भन्दा न्यायिक समिति माग गरेको भए सही हुने बताएका छन् ।

उनले गृहमन्त्रीमाथि छानबिन नै नहुँदै दोषी ठहर गर्न नहुने भन्दै छानबिन शुरु भएपछि सम्बन्धित सबैसँग बयान लिने कार्य  हुने बताए । उनले कांग्रेस एक कदम पछि हटेर संसद् अवरोध गर्ने काम बन्द गर्नुपर्ने बताएका छन् ।