समाचार

पत्रकार घिमिरे भन्छन्- सिरोहिया पक्राउमा गृहमन्त्री लामिछानेको नियोजित षडयन्त्र देखिन्छ

By खबरहब

May 21, 2024

काठमाडौं– वरिष्ठ पत्रकार युवराज घिमिरेले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउमा सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको नियोजित षडयन्त्र देखिएको बताएका छन् ।

 कान्तिपुर टेलिभिजनसँग कुराकानी गर्दै उनले सिरोहिया पक्राउमा गृहमन्त्री लामिछानेको नियोजित षडयन्त्र देखिएको बताएका हुन् ।

उनले मिडिया हाउसमै पुगेर मिडिया सञ्चालक पक्राउ गर्नु मिडिया माथिको आक्रमण भएको पनि बताए । पत्रकार माथि आक्रमण गर्ने सरकार पतन तर्फ जाने र जानु पर्ने पत्रकार घिमिरेको भनाइ छ ।

‘नियोजित षडयन्त्र देखिएको छ । मिडिया हाउसमा पुगेर पक्राउ गर्नु मिडियामाथिको आक्रमण हो,’ उनले भने, ‘पत्रकार माथि आक्रमण गर्ने कुनै पनि सरकार पतन तर्फ जान्छ, र जानु पर्छ । यो आक्रमण लोकतन्त्र विरुद्ध हो ।’