समाचार

कान्तिपुरका अध्यक्ष सिरोहियालाई प्रहरीले लग्यो, थापाथलीमा नाराबाजी

By खबरहब

May 21, 2024

काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेर लगिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईसहितको टोलीले सिरोहियालाई पक्राउ पुर्जी बुझाएर लगेको हो ।

सिरोहियालाई उनको कार्यकक्षबाटै पक्राउ गरेर लैजाँदा त्यहाँ जम्मा भएकाहरूले नाराबाजी गरेका छन् । सिरोहियालाई पक्राउका क्रममा गृहमन्त्री रवि लामिछानेविरुद्ध नाराबाजी भएको हो । सिरोहियालाई पक्राउ गरेर लैजाँदा प्रहरीले दमन गरेको भन्दै नाराबाजी भएको छ ।

प्रहरीले पक्राउ गर्ने क्रममा सिरोहियाले आफूहरूले लडेर ल्याएको लोकतन्त्रमा आफूलाई प्रतिशोध साँध्न गिरफ्तार गरिएको बताए ।

थापाले सिरोहियालाई अनुसन्धान र थप कारबाहीका लागि धनुषा लगिने भएकाले कानुन व्यवसायीहरू पनि साथमै भएका छन् ।