समाचार

सिरोहियालाई पक्राउ गरिनु अलोकतान्त्रिक कदम : देउवा

By खबरहब

May 21, 2024

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिनु अलोकतान्त्रिक कदम भएको बताएका छन् ।

देउवाले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत सिरोहियलाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको भन्दै खेद प्रकट गरेका छन् ।

उनी लेख्छन्, ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो। मिडियालाई तर्साउने उदेश्य सहितको गठवन्धन सरकारको यो निर्णय खेदजनक छ।’