आर्थिक

प्रभु इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त

By खबरहब

June 21, 2024

काठमाडौं–प्रभु इन्स्योरेन्स लिमिटेडको सञ्चालक समिति सदस्यमा सुष्मा शर्मा (वस्ती) नियुक्त भएकी छन् । शर्मा स्वतन्त्र सञ्चालकको तर्फबाट बोर्डको सदस्यमा नियुक्त भएकी हुन् ।

कम्पनीको सचिव अरबिन्द कुमार कर्णका अनुसार सञ्चालक समितिको बिहीबार अपराह्न ५ः१५ बजे बसेको बैठकले शर्मालाई समितिमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

प्रभु इन्स्योरेन्स सन् २००७ अगस्ट ११ गने नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको संस्था हो । कम्पनीको १ करोड ४४ लाख १४ हजार ८८१ कित्ता शेयर सूचिकृत रहेको छ । जसमा ५१ प्रतिशत शेयर प्रवर्धकको छ भने ४९ प्रतिशत शेयर सर्वसाधारणको रहेको छ ।

कम्पनीको मार्केट क्यापिटल ११ अर्ब ८ करोड ५० लाख ४३ हजार रुपैयाँ बराबरको हरेको छ ।