काठमाडौं– कुमारी बैंक लिमिटेड र एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रालि (फिल्ली)बीच सम्झौता भएको छ ।
सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले फिल्लीका लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बैद्धिस्थित शाखाहरूबाट सेवा लिए बापत गर्नुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग इकाईहरू मार्फत सेवाहरू प्रदान गर्दै आइरहेको छ ।