समाचार

कांग्रेस संसदीय दलको बैठक बस्दै, यी हुन् एजेन्डा

By खबरहब

July 21, 2024

काठमाडौँ– सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक मध्याह्न १२ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट लिने विश्वासको मत र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।