समाचार

राप्रपा संसदीय दलको बैठक बस्दै

By खबरहब

July 21, 2024

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक मध्याह्‍न पौने १२ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएपछि ओलीलाई मत दिने वा नदिने भन्ने आधिकारिक निर्णय गर्न बैठक बस्न लागेको हो ।

राप्रपाको हिजो बसेको निर्देशक समितिको बैठकले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । सोही निर्णयलाई आज दलको बैठक औपचारिकता दिने प्रमुख सचेतक शाहीले जानकारी दिए ।