समाचार

रास्वपा संसदीय दलको बैठक बस्दै

By खबरहब

July 21, 2024

काठमाडौँ–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मालाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

हिजो बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।