समाचार

ललितपुर महानगरले सञ्चालनमा ल्यायो १०६ वर्ष पुरानो दमकल (तस्बिरहरू)

By खबरहब

July 21, 2024

ललितपुर – ललितपुर महानगरपालिकाले १०६ पुरानो दमकल सञ्चालनमा ल्याएको छ।

१०६ वर्षदेखि निष्क्रिय रहेको दमकल मर्मत गरी पुनः प्रयोगमा ल्याइएको हो ।

ललितपुरले प्रयोगमा ल्याएको दमकलले आइतबार काठमाडौं उपत्यकाका तीनवाटै जिल्ला परिक्रमा गरेको छ ।

ललितपुर महानगरीय प्रहरी प्रमुख सीताराम हाछेथुले पुरानो दमकल पुनः प्रयोगमा आएकोमा हर्ष व्यक्त गरेका छन् ।

बेलायतकी महारानीले नेपाललाई उपहार दिएको १०६ वर्ष पुरानो दमकललाई मर्मत गरेर ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको हो ।

त्यसबेला बेलायती महारानीले २०१८–१९ सालमा काठमाडौं, भक्तपुर र ललितपुरलाई एक–एक दमकल उपहार दिएकी थिइन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी