समाचार

बीपी कोइराला राष्ट्रिय पुरस्कारबाट चारजना सम्मानित

By खबरहब

July 21, 2024

काठमाडौँ– बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८० बाट चारजना सम्मानित भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा राजनीतिकतर्फ किशोरकुमार अधिकारी, होमनाथ दाहाल र साहित्यिक विधातर्फ प्रा.डा. योगेन्द्रप्रसाद यादव र डा. हरिप्रसाद शर्मा पराजुलीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई पुरस्कार प्रदान गरेका थिए ।