राजनीति

ओलीलाई विश्वासको मत नदिने रास्वपाको निर्णय 

By खबरहब

July 21, 2024

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

औपचारिक रूपमा आइतबार संसदीय दलको बैठक राखेर उक्त निर्णय गरेको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले बताए ।

आइतबार प्रतिनिधिसभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको परियारको भनाइ छ ।

रास्वपाबाट प्रतिनिधि सभामा २१ सिट छ ।