मनोरञ्जन

सकियो फिल्म ‘तेल भिसा’ को छायांकन, मंसिर ७ मा प्रदर्शन

By खबरहब

July 21, 2024

काठमाडौं – मंसिर ७ बाट प्रदर्शनमा आउने फिल्म ‘तेल भिसा’को छायांकन ३५ दिनमा सकिएको छ । यो फिल्मको ७० प्रतिशत अमेरिका र ३० प्रतिशत नेपालमा भएको थियो ।

यसको पहिलो चरणको छायांकन अमेरिकामा भएको थियो ।

फिल्मको इन्डक्याप चितवनमा भएको हो । अन्तिम छायांकनमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसमेत उपस्थित थिइन् । उनले चितवनमा छायांकन गरेकामा धन्यवाद र फिल्म सफलताको शुभकामना दिइन् ।

यो फिल्मबाट शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा फर्किएका हुन् । त्यस्तै नायिका ऋचा घिमिरेको पनि यो कमब्याक फिल्म हो । अमेरिकामा बस्दै आएकी उनी १० वर्षपछि अभिनयमा फर्किएकी हुन् ।

यो फिल्ममा अभिनेता विपिन कार्की दोहोरो भूमिकामा देखिँदै छन् । फिल्ममा विपिन र ऋचासहित वर्षा राउत, पूजा लामा र बुद्धि तामाङको मुख्य भूमिका रहेको छ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ ।