राजनीति

एमालेको दाबी : उपसभामुखले मानव तस्करी गरेको पुष्टि पत्रले गरिसक्यो

By खबरहब

July 21, 2024

काठमाडौं– प्रमुख सत्तारुढ नेकपा एमालेले उपसभामुख इन्दिरा रानाले मानव तस्करी गरेको पुष्टि अमेरिकी दूतावासलाई लेखेको पत्रले गरेको जनाएको छ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद दामोदर पौडेल वैरागीले यस्तो दाबी गरेका हुन् । मानव तस्करीको आरोप लागेको व्यक्ति सदनको नेतृत्वमा बस्न नहुने बताउँदै उनले राजीनामा उत्तम विकल्प रहेको उल्लेख गरे।

‘मानव तस्करी गरेको हो होइन भन्ने कुरा पत्रले नै बोलिसकेको छ । मिडिया ट्रायल हो होइन, त्यो उहाँले लेखेको पत्रले नै बोल्छ’, उनले भने, ‘पत्रमात्रै बोल्दैन । पत्रसँगै स्वयम् उपसभामुखले जारी गरेको विज्ञप्ति पनि बोल्छ । मैले मानव तस्करी गरेको हो भनेर पत्र र विज्ञप्ति दुवैले बोल्छ ।’