समाचार

भीमेश्वर मन्दिरको महाप्रसाद राष्ट्रपतिलाई, अब क्षमापूजा गरिने

By खबरहब

July 21, 2024

काठमाडौं- दोलखास्थित भीमेश्वर मन्दिरको महाप्रसाद राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदान गरिएको छ ।

दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई महाप्रसाद प्रदान गरेको हो ।

भीमेश्वर मन्दिरको शनिबार मूर्तिमा पसिना आएको थियो। भीमेश्वरको पसिना पुछेको कपास महाप्रसादका रुपमा राष्ट्रप्रमुखलाई बुझाउने प्रचलन छ ।

राष्ट्रप्रमुखलाई महाप्रसाद बुझाएपछि साइत जुराएर विधिपूर्वक क्षमापूजा गरिने प्रचलन पनि छ । शनिबार दिउँसो भीमसेनको मूर्तिको बाँया भागमा पसिना आएको थियो।

भीमेश्वरलाई पसिना आएपछि देशका कुनै न कुनै अनिष्ठ हुने जनविश्वास छ । त्यहीकारण क्षमापूजा गरिने चलन चलेको हो ।