समाचार

कृषिमा अल्झिएको जनसङ्ख्यालाई अन्यत्र पनि लगाइन्छ : प्रधानमन्त्री ओली

By खबरहब

July 21, 2024

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा अल्झिएको जनसङ्ख्यालाई अन्यत्र पनि लगाउन क्षमता वृद्धि गरेर लगाइने दाबी गरेका छन् ।

आइतबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘कृषिमा नवीनता र सो क्षेत्रको विकासका लागि पहल गर्ने छौँ ।  कृषिमा अल्झिएको जनसङ्ख्यालाई अन्यत्र पनि लगाउन क्षमता वृद्धि गर्ने छौँ । गुणस्तरीय र माटोअनुकुल कृषिलाई फोकस गरिन्छ ।

उनले नेकपा एमाले र नेपाली कांग्रेसको सहयोगमा असार २८ गते प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेल ओलीलाई असार ३० गते प्रधानमन्त्रीमा नियुक्त गरे ।

प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा ४ अनुसार आज संसद् बैठकबाट विश्वासको मत लिने लागेका हुन् ।