फाइल फोटो

राजनीति

ओलीलाई समर्थन गर्दै देउवाले भने- संविधान संशोधनका लागि संवाद र सहमति उचित

By खबरहब

July 21, 2024

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरूबीच संवाद र सहमति उचित हुने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद् बैठकलाई आइतबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रत्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ,’ सभापति देउवाले भने, ‘संविधान संशोधन गर्दा नेपालमा क्रियाशील सबै राजनीतिक दलहरूबीच संवाद सहमति गर्दा उचित हुन्छ भन्नेमा हामी स्पष्ट छौँ ।’

‌उनले प्रधानमन्त्री केपी शर्मा ‌ओली र उनको क्याबिनेटमा सदस्य सबै अब्बल रहेको भन्दै देश र जनताको पक्षमा नतिजामुखी काम हुने विश्वास पनि व्यक्त गरेका छन् ।