राजनीति

यो गठबन्धन सत्ताका लागि काँध फेर्दै डुल्ने प्रवृत्तिको उपज : गोकर्ण विष्ट

By खबरहब

July 21, 2024

काठमाडौं- नेकपा एमालेका सांसद गोकर्ण विष्टले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसको काँध छामिछामी फेर्ने क्रमको नयाँ गठबन्धनले अत्य गरेको बताए ।

उनले आइतबार केपी शर्मा ओलीले प्रधानमन्त्रीको विश्वासको मत लिने दिन प्रतिनिधि सभामा बोल्दै भने, ‘यो सरकार नरम काँध खोज्दै डुल्ने प्रवृत्तिको उपज हो । बाघको छालामा स्यालले रजाइँ गरेर कोल्टे फेर्न चलन फेरिएको छ ।’

उनले अगाडि भने, ‘वाम आन्दोलनलाई कमजोर पार्ने भयो भनेर एमालेलाई आरोप लगाइयो । तर यो गठबन्धन देशमा अग्रगामी प्रगतिका लागि भएको हो । वामप्रति कुनै लक्षित छैन । वाम सहकार्यमा जोड गर्ने दलले ०७४ मा हेर्नु त ? नेकपा एमालेलाई सक्ने गरी सबै दल एक भएका होइनन् ?’

उनले रास्वपालाई संकेत गर्दै अहिलेको सहमतिलाई राष्ट्रिय आवश्यकता भने ।‘फाइल खोल्न लागेका थियौँ तर मध्यरातमा सहमति गरियो भनियो । चाहे रातमा भएको सहमति होस या दिनमा यो राष्ट्रिय आवश्यकतामा भएको सहमति हो ।’