समाचार

वर्षमान पुनको तर्क- ओलीले गलत तथ्याङ्क प्रस्तुत गरे

By खबरहब

July 21, 2024

काठमाडौं– माओवादीका सांसद वर्षमान पुनले सात नयाँ सरकारको सात बुँदे पत्रलाई वर्तमान र विगतसँग तुलना गरेर हेर्न आग्रह गरेका छन् । उनले अघिल्लो सरकारले केही नगरेको भन्नु आँकडामा गलत भएको बताए ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन प्रतिनिधि सभामा बोल्दै पुनले ओलीलाई विश्वासको मत नदिने सुरुमै संकेत गरे ।

उनले भने, ‘अर्थतन्त्र उकालो लागेको तथ्याङ्कले देखाएको छ । कसको विज्ञ उहाँले राख्नुभएको छ र देश संकटमा छ । अघिल्लो सरकारले निराश ल्यायो भन्नुभयो ? तथ्याङ्कलाई बङ्ग्याएर लान पाइन्छ । आज नागरिक अध्ययन गर्ने भएका छन् । प्रधानमन्त्री भाषण लेखिदिने साथीहरूले यो हेर्नुहोस् । तथ्यमा भिडाएर हेरौँ ।’

प्रधानमन्त्री ओलीले यसअगाडि अगिल्लो सरकारले देशमा निराशा बाहेक केही नल्याएको दाबी गरेका थिए ।

पुनले अर्थतन्त्र क्रमशः सुधार भइरहेको बताए ।