राजनीति

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

By खबरहब

July 21, 2024

हेटौडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् ।

आज प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले आफूले आजै प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा दिने बताए ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक सञ्चालन भए लगत्तै मुख्यमन्त्री जम्कट्टेललाई अविश्वासको प्रस्तावको पक्षमा बोल्ने समय दिएका थिए ।

मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने बताएपछि प्रदेशसभाका सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गरेका छन् ।