समाचार

संविधान संशोधनमा हाम्रो मुद्दा समावेश हुनेमा आशावादी छौँ : गंगाराम चौधरी

By खबरहब

July 21, 2024

काठमाडौं–नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले संविधान संशोधनको एजेन्डामा नागरिक उन्मुक्ति पार्टी आसावादी भएको बताए ।

उनले नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने बताए ।

उनले भने, ‘यो गठबन्धनप्रति धेरै आसा छ । संविधान संशोधन हुनुपर्छ भन्ने कुरामा सहमत छ । यो गठबन्धन सरकारसँग आशावादी छौँ । सत्ता पक्षमा बस्नुको कारण छ । किसान दलित र सीमान्तकृत समुदायको हक हित हुन्छ भनेर हामी सरकारमा बसेको हो । संविधान संशोधनमा हाम्रो मुद्दा समावेश होस ।’