समाचार

ओलीलाई शुभकामना दिँदै माधव नेपालले सम्झाए संसद् विघटन

By खबरहब

July 21, 2024

काठमाडौं–  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना दिँदै यस अघि संसद् विघटन गरेको विषय स्मरण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा ओलीले राखेको विश्वासको मतसम्बन्धीको प्रस्तावमाथि बोल्दै पूर्व प्रधानमन्त्री नेपालले विगतमा गरेको संसद् विघटनको सम्झाएका छन् ।

उनले प्रधानमन्त्री ओलीलाई आफ्नो पुनर्मूल्यांकन गर्न आग्रह गरेका छन् । विगतमा करिब दुई तिहाइको सरकार किन ढलेको भन्ने प्रश्न गर्दै नेपालले कांग्रेसका केही नेताहरू एमालेसँग मिलेकोमा खुसी भए पनि दोस्रो तेस्रो तहका नेता र साधारण कार्यकर्ता खुसी नभएको बताए ।

नेता नेपालले राजनीतिक स्थिरताका नाममा अर्को जंगबहादुर नखोजिएको बताउँदै शक्तिको केन्द्रीकरणबाट स्वेच्छाचारिता जन्मिने डर भएको बताए ।