समाचार

विश्वासको मतमाथिको मत विभाजनको प्रक्रिया सुरु

By खबरहब

July 21, 2024

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरेको विश्वासको मतमाथि मत विभाजनको प्रक्रिया सुरु भएको छ ।

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफल सकिएपछि मत विभाजनको प्रक्रिया सुरु भएको हो ।

मत बिभाजनमा प्रस्तावको पक्ष वा विपक्षमा मतदान हुने छ ।