अन्तर्राष्ट्रिय

भुटानी नरेश र भारतीय विदेशसचिवबीच भेटवार्ता

By खबरहब

July 21, 2024

काठमाडौं – भुटानी नरेश जिग्मे खेसर नामग्याल वाङ्चुकले भारतीय विदेशसचिव विक्रम मिस्रीसँग भेटवार्ता गरेका छन् । दुई दिने भुटान भ्रमणमा रहेका विदेशसचिव मिस्रीले भुटानी नरेशसँग राजधानी थिम्पुमा भेटवार्ता गरेका हुन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै भुटानी नरेश वाङ्चुकले भुटान भ्रमणका क्रममा विदेशसचिव मिस्रीले भुटानी प्रधानमन्त्री छिरिङ टोग्बे र अन्य सरकारी अधिकारीसँग पनि भेटवार्ता गरेको जानकारी दिएका छन् ।

गत जुलाई १५ मा भारतको विदेशसचिवमा नियुक्त भएका मिस्री आफ्नो पहिलो विदेश भ्रमणका क्रममा भुटान पुगेका हुन् । भुटान भ्रमणका क्रममा उनले भुटानी विदेशसचिव पेमा छोदेनसँग भारत–भुटान सहकार्य वार्ताको सहअध्यक्षता गरेको वाङचुकले जनाएका छन् ।