समाचार

ओलीले विश्वासको मत लिँदा ११ सांसद अनुपस्थित

By खबरहब

July 21, 2024

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा सक्त पक्ष र प्रतिपक्ष गरी ११ जना सांसद अनुपस्थित भएका छन् ।

कांग्रेस सांसद विनोद चौधरी, गीता बस्नेत, अम्बिका थापा उपस्थित थिइनन् । यस्तै एमालेबाट २ सांसद उपस्थित भएनन् ।

यता पाँचथरबाट निर्वाचित वसन्तकुमार नेम्बाङ बिरामी परेकाले उपस्थित थिएनन् । भने अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल चलान भएका कारण उनी पनि थिएनन् ।

यस्तै, अन्य सांसदहरू देवेन्द्र पौडेल, दुर्लभ थापा, मनोरमा शेरचन, विक्रम पाण्डे र सोभिता गौतम, दीपक बोहोरा अनुपस्थित थिए ।

यसै कारण प्रधानमन्त्री ओलीले पाए विश्वासको मतको पक्षमा , पक्षमा १ सय ८८ र विपक्षमा ७४ मत पाए । आइतबारको संसद्मा जम्मा २ सय ६३ सांसद उपस्थित थिए ।